Thu. Apr 25th, 2024

 काठमाडौं, चैत २०। काठमाण्डौमा आज फिल्म ‘नाई नभन्नु ल २’ को प्रेसमिट आयोजना गरियो। बिकाश आचार्य निर्देशित फिल्मको गित संगीत हाल निकै चर्चामा रहेको छ। यसघि आचार्य कै निर्देशित फिल्म रिदमामा आफ्नो कला देखाई सकेका ६ बर्षका बालकलाकार अनुभव रेग्मी र ८ बर्षकी नब बालकलाकार सुज्ञानी भट्टराइको फिल्ममा मुख्य अभिनय रहेको छ । उक्त प्रे समिटमा फिल्मका अन्य चलेका कलाकारका भन्दा पनि यी दुइको बढी चर्चा भयो । दुबैले फिल्ममा काम गर्दा रमाइलो अनि खासै असजिलो महशुस नभएको बताए । प्रेसमिटमा आर्क बाल गायक प्रेम परियारको समेत उत्तिकै चर्चा भयो। हाल फिल्मको चर्चित गित ”यि आँखामा तिमि छौ” बोलको गित समेत उनले गाएर सुनाएका थिए । सबैले यि तिनको खुलेर प्रसंसा गरेका थिए
तिन बालकलाकारका अलाबा कार्यक्रममा फिल्मका अन्य कलाकारको खास चर्चा भएन। त्यसैले नै होला नायक जिबन लुइँटेल आफै ड्यासमा गएर आफ्नो बारे पत्रकारले कुनै प्रश्न नगरेको भन्दै दुख पोख्दै हतार भएको बहाना बनाई बाहिरिए।
फिल्मकी नायिका प्रियंका कार्कीको आफुले गर्दै आएको भूमिका भन्दा यसमा नितान्त फरक भएको भनाइ थियो। नब नायिका वर्षा सीबाकोटिले पनि यो राम्रो टिममा काम गर्न पाउदा खुसि लागेको र अन्य फिल्ममा अझै मेहनत गर्दै काम गर्ने बताईन ।
निर्देशक विकास आचार्यले पत्रकारको एक प्रश्नमा गीतमा देखाईए अनुसार बालबालिकालाई प्रेम गर्न नसिकाएको र फिल्म रिलिज भएपछि अनुभव र सुज्ञानीको अभिनयको सबैले तारिफ गर्ने बताए । उनले हरेक प्रश्नमा कुनै तर्क पूर्ण जबाफ नदिई सबै चैत्र २८ मा थाहा हुने भन्दै पन्छिन खोजे ।कार्यक्रममा नायक सरोज खनाल अनि सुरज सिंह ठकुरी भने उपस्थित थिएनन् ।
फिल्म को गित संगीत हाल निकै चर्चामा रहेकोले अनि पहिलेको नाइँ नभन्नु लको सफलताको आधारले पनि फिल्म चल्नेमा निर्माण पक्ष ढुक्क देखिन्छ । यहि चैत्र २८ गतेबाट नेपालसँगै अष्ट्रेलियामा फिल्म एकसाथ प्रर्दशनमा आउनेछ । कार्यक्रममा चैत्र २८ बाटनै बागबजारमा संचालनमा आउने सिटि म्याक्स हलमा हुने फिल्मको पहिलो दिनको कमाई जति हुन्छ त्यसको २० प्रतिशत रकम चलचित्र पत्रकार संघ लाइ प्रदान गरिने घोषणा समेत गरियो ।  1920440_416367221833242_203411290_n                                                              फिल्म ‘नाई नभन्नु ल २’मा जीवन, अनुभव अनि सुज्ञानीक अलाबा सरोज खनाल, सुरज सिंह ठकुरी, प्रियंका कार्की, नब नायिका बर्षा शिवाकोटी, सिताराम कट्टेल, सोहित मानन्धर, निर्दोष केसी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा वसन्त सापकोटा र सुरेश गैरेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । फिल्ममा अस्ट्रेलिया निबासी दिनेश पोख्रेलले लगानी रहेको छ । फिल्मलाई गोबिन्द शाहीले वितरण गर्दैछन।

%d bloggers like this: