उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ६५ प्रतिशत सुटिङ्ग सकियो

काठमाडौं / दयाहाङ राई तथा मिरुना मगर स्टारर चलचित्र ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि चलचित्रको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन चलिरहेको छ । अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । उनी अमेरिकाबाट पुगेको भएपनि हाल ‘मनसरा’मा मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन धमाधम चलिरहेको छ…

Read More

धरानका मेयर हर्क साम्पाङको ‘खजुरे ब्रो’मा अभिनय

काठमाडौं / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभिनय चलचित्रमा देख्न पाइने भएको छ । चलचित्र ‘खजुरे ब्रो’मा उनले अभिनय गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्यको छायांकन गरिएको छ । चलचित्रमा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिनेछन् । धरानको एक पात्रमा आधारित भएर चलचित्र बनेकाले उनलाई अभिनय गराइएको हो । कार्यकारी निर्माता…

Read More

मनाङबाट ‘खुस्मा’को पहिलो सेड्यूलको छायांकन सुरु

काठमाडौं / हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायांकन सुरु भएको छ । माघ १० गतेबाट चलचित्रले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो । हिउँका दृश्यहरु चलचित्रको महत्वपूर्ण अंग भएकाले मनाङमा निर्माण टिम ‘खुस्मा’ छायांकनका लागि पुगेको हो । यो चलचित्रबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना उपासना सिंह ठकुरीले पहिलो पटक रिल जोडी बनेर…

Read More

‘रङ्गेली’को गीत ‘हातैले उघाएर’मा शिल्पा र प्रिन्सको ठुम्का

काठमाडौं / महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको युगल स्वर रहेको छ । गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्मा फिचर्ड छन् । गीतमा शिल्पालाई बोल्ड…

Read More

फागुन ४ गते रिलिज हुने ‘जिग्री’को टिजर सार्वजनिक

काठमाडौं / आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेका चलचित्रको करिब १ मिनेट लामो टिजरमा दुई युवाले भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक टिजरमा मुख्य पात्रका अलावा सुशील राज पाण्डे र पशुपति राईलाई पनि देखाइएको छ ।…

Read More

४५ दिनमा सकियो राम बाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को छायांकन

काठमाडौं / राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो । असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । चलचित्रको सार्वजनिक पोस्टरमा शीर्ष पात्र…

Read More

दयाहाङ र दीयाको ‘दयारानी’को टिजर सार्वजनिक

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिज सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक टिजरमा नि:सन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार…

Read More

‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक, दयाहाङ र अर्पणको दुश्मनी

काठमाडौं / आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको अर्जुन सुवेदी निर्देशित चलचित्र ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक १ मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ । अभिनेत्री मिरुना मगर भने शान्त स्वभावमा थारु युवतीको रुपमा चित्रित छिन् ।…

Read More

‘म्याउँ’ निर्माण घोषणा, अनुप र उत्तमको मुख्य भुमिका

काठमाडौं / जय राज रायको लेखन तथा निर्देशनमा चलचित्र ‘म्याउँ’ निर्माण हुने भएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । पोस्टरमा विरालोको आँखालाई डरलाग्दो रुपमा चित्रित गरिएको छ भने अभिनेता अनुपविक्रम शाही पिठ्यूँको कसिलो शरीरसहित सर्टलेस अवतारमा प्रस्तुत छन् । उनको अनुहार भने देखाइएको छैन…

Read More

‘उपहार’को पोस्टर सार्वजनिक

काठमाडौं / ज्ञानेन्द्र देउजाद्वारा निर्देशित चलचित्र ‘उपहार’को माघे संक्रान्तिको अवसर पारेर सोमबार चारवटा पोस्टर सार्वजनिक गरिएको छ । कलाकारको चरित्र चित्रण गरिएको एउटा पोस्टरमा अभिनेत्री रेखा थापा चियावालीको रुपमा चित्रित छिन् । उनले काँधमा थर्मस भिरेकी छन् भने चियाको कप पनि बोकेकी छन् । रेखाको जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ । चार पोस्टरमध्ये दोस्रोमा…

Read More