Mon. May 20th, 2024

काठमाडौं / लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्र ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्माण कम्पनि क्लक वर्क क्रियसनले चलचित्रको मुख्य अभिनेत्रीमा सोमबार आँचल शर्मासँग लिखित सम्झौता गरिएको हो ।

कथाको डिमाण्ड अनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको चलचित्र ‘नाङ्गो गाउँ’ बक्सअफिसमा हिट भएको थियो ।

‘दुःखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्यको रुपमा ‘नाङ्गो गाउँ-२’ निर्माण गर्ने घोषणा गरिसकेको छ । आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।

चलचित्रका अन्य कलाकार, प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

Leave a Reply

%d bloggers like this: