Mon. May 20th, 2024

काठमाडौं / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभिनय चलचित्रमा देख्न पाइने भएको छ । चलचित्र ‘खजुरे ब्रो’मा उनले अभिनय गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्यको छायांकन गरिएको छ ।

चलचित्रमा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिनेछन् । धरानको एक पात्रमा आधारित भएर चलचित्र बनेकाले उनलाई अभिनय गराइएको हो । कार्यकारी निर्माता डायमण्ड उप्रेती भन्छन्, ‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको भूमिका अवश्य रहन्छ । चलचित्रमा मेयर साम्पाङ विशेष भूमिकामा देखिनु हुनेछ ।’

लाइट कमेडी विधामा आधारित चलचित्रमा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, सुष्मा निरौला, पुस्कर कार्की, विनिता थापा मगर, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको अभिनय छ । यो नीतिको डेब्यू चलचित्र हो । शिशिर बिसंखेको छायांकन रहेको ‘खजुरे ब्रो’का निर्देशक सुरज सुनुवार हुन् । उनले यसअघि चलचित्र ‘षडङ्ग’ निर्देशन गरेका थिए ।

Leave a Reply

%d bloggers like this: