ऐश्वर्या संसारैकै चौथो ‘सुन्दर महिला’
पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वको चौथो सुन्दर महिला घोषित भएकी छन् । अमेरिकी अनलाइन पत्रिका ‘हलिवुड बज’ ले गरेको सर्वेक्षणले ऐश्वर्यालाई यो उपाधि दिएको हो । सर्वेक्षणमा ऐश्वर्याको प्रतिस्पर्धीका रुपमा अभिनेत्री मोनिका बेलुसी, अमेरिकी मोडल तथा अभिनेत्री केट अपटन र हलिउड स्टार एन्जेलिना जोली थिए ।