Sat. Apr 20th, 2024

मुम्बई, १९ माघ (एजेन्सी) । हिजोआज निकै खुसी छिन् सुजैन रोशन । पति ऋतिक रोशनसँग सम्बन्धविच्छेद भएकोमाा उनलाई कुनै दुःख छैन । ऋतिक र सुजैनले करिब १७ वर्ष लामो वैवाहिक सम्बन्ध महिना दिनअघि ‘ब्रेकअप’ गरेका थिए । पति ऋतिकसँग छुटिएकोमा आफूलाई कुनै दुःख नलागेको सुजैनले बताएकी छन् ।
केही दिनअघि सुजैन मुम्बईको एक नाइट क्लबमा मस्ती गरिरहेको भेटिइन् । उनी आफ्ना भाइ र बुहारीसँग थिइन् । पार्टीमा सुजैन निकै खुलेकी थिइन् । पार्टीमा उनका एक साथीले ‘तिमीलाई कस्तो छ ?’ भनी सोध्दा उनी भन्दै थिइन्, ‘म एकदम ठीक छु ।’ उनले आफू खुसी रहेको बताइन् ।
मुडफ्रेस रहेकी सुजैन डान्स फ्लोरमा दिल खोलेर नाचेकी थिइन् । क्बल स्रोतका अनुसार त्यसरात सुजैनले जायद, मल्लिका र केही साथीसँग रातभर मस्ती गरेकी थिइन् ।

suzanne_roshan

%d bloggers like this: