Thu. Mar 28th, 2024

मुम्बई, १९ माघ (एजेन्सी) । पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वको चौथो सुन्दर महिला घोषित भएकी छन् । अमेरिकी अनलाइन पत्रिका ‘हलिवुड बज’ ले गरेको सर्वेक्षणले ऐश्वर्यालाई यो उपाधि दिएको हो ।
सर्वेक्षणमा ऐश्वर्याको प्रतिस्पर्धीका रुपमा अभिनेत्री मोनिका बेलुसी, अमेरिकी मोडल तथा अभिनेत्री केट अपटन र हलिउड स्टार एन्जेलिना जोली थिए । यिनैमध्येबाट ऐश्वर्या चौथो सुन्दर महिना बनेकी हुन् ।
अनलाइन अनुसार डिसेम्बर २०१३ मा भरी भएको सर्वेक्षणमा ४० लाख भन्दा बढीको महिलाको सहभागिता थियो । ऐश्वर्याले सबैभन्दा बद्धिमानी, मनकारी र सफल महिलाको पक्षमा मत पाएकी थिइन् । ४० वर्षीया ऐश्वर्याले सो उपाधि पाएपछि अहिले संसारभरका आफ्ना प्रशंसक तथा दर्शकबाट शुभकामना पाइरहेकी छन् ।

%d bloggers like this: