Thu. Mar 28th, 2024

माघ १७। छैटौं नेफ्टा फिल्म अवार्ड ०१३ शुक्रबार मलेसियामा सम्पन्न भएको छ । मलेसियास्थित सेटिया सिटी कन्भेन्सन सेन्टरमा सम्पन्न अवार्ड समारोहमा आर्यन सिग्देलले र ऋचा शर्मा फिल्म ‘मेरो लभस्टोरी’बाट बेष्ट हिरो÷ हिरोइन ठकरिएका छन् । आकाश अधिकारीले निर्माण गरेका ‘काठमाण्डू’ उत्कृष्ट फिल्मका रुपमा अवार्डेड भएको छ । उनले यही फिल्मबाट बेष्ट डाईरेक्टर अवार्ड समेत प्राप्त गरे । ‘काठमाण्डू’बाटै प्राप्ती घिमिरेलाई डेब्यू हिरोइन अवार्ड दिइएको छ । यस्तै डेब्यू एक्टर विधामा भने निर्णयकले एक जनाको पक्षमा फैसला गर्न सकेनन् । संसारमै भएको प्रचलन लागू गर्दै संयम पुरी र सबिन श्रेष्ठ दुई जनालाई अवार्ड दिइएको छ ।
संयमले ‘सायद’ र सबिनले ‘अन्दाज’बाट डेब्यू एक्टर अवार्ड पाएका हुन । डेब्यू डाईरेक्टर अवार्ड ‘लुट’ फिल्मका लागि निश्चल बस्नेतले पाए । उनले बेष्ट स्क्रिन प्ले पनि पाए । ‘लुट’बाटै साउन्ड मिक्सिङमा उत्तम न्यौपाने र एडिटिङतर्फ सुरेन्द्र पौडेलले अब्बल ठहरिए । यस्तै द्वन्द्व निर्देशनमा चन्द पन्तले फिल्म ‘रावण’बाट अवार्ड थापेका छन् । उत्कृष्ट सिनेमाटोग्राफर ‘मेरो लभस्टोरी’का राजेश श्रेष्ठ भए । उत्कृष्ट गीत र ‘पल’ फिल्मबाट किरण खरेलको हात पारे ।त्यसैगरी ‘पल’ बाटै लेखक कर्ण शाक्यले अवाडए पाए । बेष्ट म्यूजिक ‘मायाज बार’बाट सुरेश अधिकारीलाई दिईएको छ भने ब्याकराउन्ड स्कोर सोही फिल्मबाट एलिस कार्की र बेष्ट प्लेब्याक भ्वाइस पुरुषतर्फ राजेश पायल राईलाई दिइएको छ । म्यूजिक एरेन्ज अवार्ड चाहि महाराज थापाले ‘अन्दाज’ फिल्मबाट प्राप्त गरे ।
यसैगरी बेष्ट प्लेब्याक फिमेल माण्डवी त्रिपाठी ‘अन्दाज’ फिल्मबाट, ‘सायद’ बाट बेष्ट कमेडी एक्टर विल्सनविक्रम राई , वालकलाकारको अवार्ड ‘साथी म तिम्रो’बाट शीर्षक सापकोटालाई दिइएको छ । अभिनेत्री झरना थापाले यसपटक भिलेनको अवार्ड पाइन् । उनले फिल्म ‘फेसबुक’बाट प्राप्त गरेकी छिन् । उक्त समारोहमा बेष्ट स्टोरीतर्फ ‘पल’फिल्मबाट कर्ण शाक्य, बेष्ट डाइलग ‘फर्की आऊ’बाट ओम प्रतिक र बेष्ट मेकअप ‘मेरो लभस्टोरी’ बाट सरोज पाण्डले पाएका छन् । ‘के यो माया हो’ बाट निलिमा शर्माले बेष्ट ड्रेसको अवार्ड उचालिन् । बेष्ट आर्ट डाईरेक्टर निर्जल श्रेष्ठ ‘मसान’ र बेष्ट कोरियोग्राफी रेनाशा राई ‘मालतीको भट्टी’बाट अवार्डेड भएका छन् ।
यसैगरी कार्यक्रमको बरिष्ठ फिल्मकर्मी नीर शाहलाई अभिनय शिरोमणीको उपाधीद्वारा सम्मान गरिएको छ । ४६ बर्षदेखि निरन्तर फिल्म क्षेत्रमा सक्रिय उनलाई राजेश हमाल, सुनील थापा र करिश्मा मानन्धरले उक्त सम्मान प्रदान गरे । शाहले यो उपाधी प्राप्त गर्नुको श्रेय उनकी आमा र श्रीमतीलाई दिएका छन् ।
sbi
अवार्ड शो गर्दै द्वन्द्वनिर्देशनबाट अवार्ड पाएका चन्द्र पन्त र नवअभिनेता को अवार्ड थापेका सविन श्रेष्ठ

%d bloggers like this: