Sun. Jun 26th, 2022

रोहित रुम्बा फिल्म अभिनेता हुन् । तर, केही दिनअघि उनी र्‍याप गरिरहेको अवस्थामा भेटिए । त्यो पनि आफ्नो शीर्ष भूमिका रहेको फिल्म ‘तोरीलाहुरे’मा । फागुन २३ मा रिलिज तय गरिएको फिल्मको प्रमोसनल गीतमा उनी आफैँले ¥याप हानेका हुन् । प्रमोद खरेलको स्वर रहेको गीतको शब्द÷संगीत पनि रोहितकै रहेको छ । उनको यो पहिलो र्‍याप भने होइन, चर्चित गीतहरू ‘मन छाडेँ मैच्याङलाई’ र ‘बाखरी बाखरी’को रिमिक्स भर्सनमा पनि उनले नै र्‍याप गाएका हुन् । रोहित ‘चम्पा चमेली’, ‘रुद्राक्ष’ लगायत फिल्ममा हिरो भइसकेका छन् ।