Fri. Apr 19th, 2024

काठमाडौं, १८ माघ । ‘लिटिल मिस एञ्जल–२०१४’ को उपाधि अन्वती उपाध्यायले चुमेकी छन् । क्लश इभेन्टसद्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित प्रतियोगितामा ४९ प्रतिस्पर्धीलाई  उछिन्दै उपाध्याय ‘लिटिल मिस एञ्जल’ बन्न सफल भएकी हुन् । पाठशालामा कक्षा ९ मा अध्ययनरत उपाध्यायले उपाधिसँगै नगद १५ हजार प्राप्त गरिन् ।
त्यस्तै, सेन्ट मेरिजमा कक्षा ६ मा अध्ययनरत ओजस्वी थापामगर फस्ट रनरअप र सेन्ट पल स्कुलकी बालिका समिक्षा बस्नेत सेकेण्ड रनरअप भएका छन् । फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः नगद ८ हजार र ५ हजार पाए । साथै विजेताहरुले विभिन्न उपहारसमेत प्राप्त गरेका छन् ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा एलिशा सुवेदी ‘मिस डिसिप्लिन’ र  माधवी पाण्डेले ‘मिस कल्चरल’ को टाइटल उपाधि पाए । यस्तै, ‘मिस लिडरशिप’ कृपा भट्ट, ‘मिस पर्सनालिटी’ रक्षा थापा, ‘मिस ट्यालेन्ट’ लुमिला जोशी लामा र ‘मिस एकेडेमिक’ को उपाधि कृषा थापामगरले पाए ।
करिब एक महिनासम्म प्रतियोगी बालिकाहरुलाई विभिन्न व्यक्तिथ्व विकास सम्बन्धी प्रशिक्ष्ण गराइएको थियो । प्रतियोगितामा ‘मिस मल्टिमिडिया’ सुर्वाणी रायमाझी, ‘मिस इन्टेलिजेन्ट’ रुविना श्रेष्ठ, ‘मिस पिक्चर पर्फेक्ट’ प्रकृति शाही, ‘मिस बेस्ट अटायर’ सुवानी श्रेष्ठ र ‘मिस फ्रेण्डसिप’ वृक्षा ढुंगाना भए भने ‘मिस सोसियल’ श्रेया शर्मा, ‘मिस इसिए’ सुदेशा आचार्य, ‘मिस एथ्लेटिक’ श्रृष्टि महर्जन, ‘मिस क्रियटिभ’ लुनिभा महर्जन र ‘मिस एक्सिलेन्स’ को उपाधि सोनिका पराजुलीले पाए । प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार राजेन्द्र शलभ, पूर्वमिस नेपाल उषा खड्की, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर, देविका थापा, गायक निर्णय श्रेष्ठ र आरके श्रेष्ठ रहेका थिए ।
miss 4
miss 1
miss 4
miss anjle

%d bloggers like this: