Sun. May 19th, 2024

नेपाली चलचित्र होस्टेल रिटर्न्स यही भाद्र ४ बाट देशैभरि एकै साथ् प्रदर्शनमा आउदै छ । यसअघि सायद र होस्टेल जस्ता सफल चलचित्र निर्माण गरि सकेका दुर्गिश फिल्म्सका निर्माता सुनील रावलका अनुसार होस्टेल रिटर्न्स पनी सायद र होस्टेल जस्तै सफल हुने कुरामा आशाबादी छन् । रावलले होस्टेल रिटर्न्सको प्रसार प्रशारलाइ आक्रामक सैलीमा लैजादै छन् । .सोहि क्रममा अब होस्टेल रिटर्न्सको प्रचार प्रशार मा होस्टेल का प्रमुख नायक अनमोल के.सी ले पनि साथ् दिने भएका छन् ।
 
 
h
यही बिहिबार बत्तीसपुतली स्थित दुर्गिश फिल्म्सको कार्यालय गई अनमोल ले रावल लाइ शुभकामना ब्यक्त गरेका छन्। अनमोल नै हुन् जसले युबा पुस्तामा होस्टेल पछी आफ्नो नाम बनाइ सकेका छन् । रावलले आफ्नो दोश्रो चलचित्र होस्टेलमा अनमोललाइ मौका दिएर चलचित्र क्षेत्रमा भित्राएका थिए । होस्टेलको सफलतालाइ निरन्तरता दिने क्रममा यतिबेला रावल लागि परेका छन् । रावल अरु भन्दा अली फरक गर्ने निर्माताको रूपमा चिनिन्छन्। रावलले अहिले आफु संगसँगै आफ्ना चलचित्र संग जोडिएका हरेक लाइ प्रचार प्रसार को लागि लैजादै छन र उनले होस्टेल रिटर्न्सका प्राबिधिकहरुलाइ पनी संचार माध्यममा चिनाउदै छन् । प्रचारप्रशार गर्ने रावलको यो शैली लाइ मनोरंजनसंसारले तारीफ़ नगरी रहन सक्दैन । बिहीबार गौशाला चोकमा अनमोल के.सी लाइ मनोरंजनसंसार को टीम ले देखदा उनलाई फलो गर्ने क्रममा अनमोललाइ दुर्गिश फिल्म्स को कार्यालय जादै गरेको अवस्थामा फेला पार्यो । दुर्गिश फिल्म्समा गई बुझ्दा आफू शुभकामना ब्यक्त गर्न आएको कुरा उनले बताए । अनमोलले आफु होस्टेल रिटर्न्सको प्रचार प्रसार मा साथ् दिने कुरा मनोरंजनसंसार लाइ बताए साथै अनमोलले होस्टेल रिटर्न्सका नायक सुशील श्रेष्ठ र संपूर्ण होस्टेल रिटर्न्स टीमलाइ पनी शुभकामना दिएका छन् ।
 

%d bloggers like this: