Fri. May 3rd, 2024

 
कंगना रनावतको फिल्म ‘तनु वेड्स मनु रिटन्स’ले घरेलु बजारबाट मात्र सय करोड कमाई गरेको छ । सय करोड क्लबमा सामेल भएसँगै ‘तनु वेड्स मनु रिटन्स’ सन् २०१५ मा सय करोड कमाउने पहिलो बलिउड फिल्म बन्न सफल भएको छ ।
विकेण्डमा ३८ करोडको व्यापार गरेको फिल्मले  विक डेजमा पनि राम्रो कमाई गर्दै प्रदर्शनको ११ औं दिनमा सय करोडको आँकडा छुन सफल भएको हो । फिल्मले सोमबार ५ करोड १० लाखको कमाई गर्दै नेट कमाई एक अर्ब तीन करोड पु¥याएको छ । जम्मा ३० करोडमा बनेको फिल्मले विदेशमा समेत गरी कुल एक अर्ब ३९ करोड कमाई गरेको भारतीय समाचारमा उल्लेख छ ।
‘तनु वेड्स मनु रिटन्स’ सन् २०११ को हिट फिल्म ‘तनु वेड्स मनु’को सिक्वेल हो । आनन्द एल राई निर्देशित फिल्मको सिक्वेलमा पहिलो भागकै अधिकांश कलाकारको अभिनय रहेको छ । फिल्ममा कंगना रनावत, आर माधवन, जिम्मी शेरगिल, दीपक दोब्रियाल, स्वरा भास्कर आदिको अभिनय रहेको छ ।यस अघि कंगनाको अभिनय रहेको फिल्म ‘क्रिस ३’ले सय करोड कमाई गरेको थियो । कंगनाकै पछिल्लो फिल्म ‘क्विन’ले पनि बक्स अफिसमा चर्चासँगै पैसा बटुलेको थियो ।

%d bloggers like this: