‘रुदै रुदै जान्छु मेलामा’ भन्ने गायिका मञ्जुले रुवाएर अलविदा भइन्

मञ्जु महतको शवलाई सोमबार बिहान साढे ११ देखि १ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो । मञ्जुलाई अन्तिम विदाई गर्न पुगेका कलाकारले आँशु थाम्न सकेनन् । ‘साह्रै मिजासिली थिइन्’, गहभरी आँशु पादै गायिका जानकी मगरले भनिन्, ‘तर हामी सबैलाई छाडेर गइन् ।’ मञ्जुको पाथिएव शरीरमा श्रद्धाञ्जलीका फूलहरु आइरिरहँदा उनका ढेड वर्षीय छोरा प्रस्तुत चिच्याईरहेका थिए । मञ्जुको अवोध छोरा प्रस्तुतलाई देखेपछि कलाकार तथा सर्वसाधारणको गला रोकिएको थियो । ‘मञ्जुले हामीलाई त छाडेर गइन् नै यी नाबालक छोरालाई पनि बिर्सेर गइन्’, गायक पशुपति शर्मा भन्दैथिए, ‘दैव पनि निष्ठूरी नै हुँदोरहेछ ।’

Read More

मन्जुलाई हार्दिक श्रद्धान्जली । शव प्रज्ञा भवनमा

काठमाडौं, १७ चैत । गायिका मन्जु महतको शवलाई श्रद्धान्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ । श्रद्धान्जलीका लागि प्रतिष्ठानमा दिउँसो एक बजेसम्म राखिने गायक रमेशराज भट्टराईले बताए । श्रद्धान्जलीका लागि लोक, आधुनिक एवं चलचित्र क्षेत्रका कलाकारहरुको उपस्थिति हुने क्रम जारी रहेको छ । मन्जुको शव आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।…

Read More

सहमतिपछि मञ्जुको शव परिवार र कलाकारले बुझे

मृतक लोक गायिका मञ्जु महतको परिवारलाई उचित राहतको माग गर्दै अन्दोलन उत्रिएका लोक दोहोरी कलाकार र यातायात व्यवसायीवीच तीन बुँदे सहमति भएको छ । गत बिहीबार माइक्रो बसको ठक्करबाट घाइते भएकी मञ्जुको मृत्यु भएपछि उनको परिवारलाई राहतको माग गर्दै कलाकार आइतबार बिहानैदेखि सडकमा उत्रिएका थिए । करिब ३ घण्टाको वार्तापछि सहमति भएको हो । यातायात व्यवसायीसँग सहमतिपछि मञ्जुको शव उनका परिवार र कलाकारले बुझेको छ । राहतको विषयमा कुरा नमिलेका कारण शनिबारदेखि मञ्जुको अस्पतालमै थियो । शव बुझे पनि अत्योष्टि सोमबार मात्र गरिने उनका परिवारले जनाएको छ । see more

Read More

सरकार मौन भएपछि सडकमा कलाकार, मागप्रति अडान कायमै

काठमाडौं, १६ चैत । नेपाली लोक दोहोरी क्षेत्रका कलाकार सडकमा उत्रिएका छन् । मृतक गायिका मञ्जु महतको परिवारले राहत नपाएसम्म सडक आन्दोल जारी राख्ने उनीहरुले बताएका छन् । बिहान ११ बजेदेखि लोक तथा दोहारी गीत प्रतिष्ठानको अगुवाईमा २ सय भन्दा बढी लोक कलाकार सोह्रखुट्ट्ेस्थित गल्कोपाखामा सडक जाम गरेर आन्दोलन गरिहेका छन् । मृतक मञ्जुको शव अस्पतालमै छ । माइक्रोले ठक्कर दिएर गम्भीर घाइते भएकी मञ्जुलाई शनिबार दिउँसो ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो । सम्पूर्ण कलाकार सडकमा उत्रिएपछि मञ्जुको शव अस्पतालमै वेवारिसे भएको छ । मृतकका परिवारले ३० लाख रुपैयाँ तथा उनका छोरा छोरीको पालन पोषण गरिदिनु पर्ने माग राखेका छन् ।

Read More

कलाकारमाथि प्रहरी धडपकड

काठमाडौं, १६ चैत । मृतकको परिवारलाई राहत माग गर्दै लोक कलाकार आन्दोलनमा उत्रेका छन् । दुर्घटनामा परेकी गायिका मञ्जु महतको उपचारै क्रममा शनिबार निधन ग्रान्डी अस्पतालमा भएपछि उनको परिवारलाई राहत स्वरुप २० लाख रुपैयाँ लोक कलाकारले माग गरेका छन् तर गंगबू माइक्रो व्यवसासायी समितिले पीडित परिवारलाई राहत उपलब्ध गराउन आनाकानी गरिरहेको छ । तर कलाकारले…

Read More

क्षतिपूर्तिको माग गर्दा शिव हमालसहित १२ पक्राउ

काठमाडौं, १६ चैत । माइक्रोको ठक्करबाट मन्जु महतको निधन भएपछि गोंगबु चोकमा क्षतिपूर्तिको माग सहित धर्नामा रहेका कलाकारमाथि प्रहरीले दमन गर्दै लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल, हरि डाँगी, महेन्द्र गौततलगायत १२ जना कलाकार पक्राउ गरेको छ । गायिका मन्जु महतलाई ठक्कर दिएर मार्ने माइक्रो चालकलाई हदैसम्मको कारवाही गरी क्षतिपूर्ति र दुई…

Read More

मञ्जु दुर्घटनाः डिएसपीले कलाकारलाई धम्काउँदै भने ‘सडकमैं भेटौं’’

लोकप्रिय गायिका मञ्जु महतको माइक्रोबसले च्यापेर यातनापूर्ण मृत्यु भएपछि कलाकारहरु शोकमा डुबेका छन् । सोही घटना मिलाउन महाराजगञ्ज प्रहरी चौकी पुगेका कलाकारका प्रतिनीधिलाई डिएसपी प्रभु ढकालले दुव्र्यबहार गरेको कलाकारले बताएका छन् ।
पीडित पक्षले यातयात ब्यवसायीले मानवीय ब्यबहार नदेखाएर पैसाको धाक लगाएको बताएपछि डिएसपी प्रभु ढकाल दुब्र्यबहारमा उत्रिएको वार्तामा संलग्न कलाकारले बताएका छन् । मिलाउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने डिएसपीले उत्तेजित भएर भनेका छन्, ‘तपाईँ पनि तयारीका साथ सडकमा आउनुहोस् हामी पनि तयारीका साथ सडकमैं आउछौं ।’

Read More

अस्पतालमै मञ्जुको शव, बिहान साढे ८ बजे ग्रान्डीमा पत्रकार सम्मलेन

मञ्जुको परिवारलाई राहत उपलब्ध हुनुपर्ने माग गर्दै सय भन्दा बढी कलाकार ग्रान्डी अस्पतालमै धर्ना दिएर बसेका छन् । साथै, उनीहरुले मञ्जु दुर्घटना भएको स्थानलाई ‘मञ्जु स्मृति मार्ग नामाकरण’ हुनपर्ने समेत माग गरेका छन् । प्रतिष्ठानका चन्द्र शर्माले भने, ‘यातायात व्यवसायी संघले आइतबार ११ बजे वार्ता गर्ने भनेको छ । त्यसपछि पनि वार्ता मिलेन भने आन्दोलनमा उत्रने छौं ।

Read More

मंगोल सुन्दरीले देखाए थरिथरी प्रतिभा

सदाबहार नेपाली गीत, ‘प्राणभन्दा प्यारो माइतीघर’ सुरु हुनेवित्तिकै स्टेजमा छमछमाउँदै देखा परिन् एनिस्ता गुरुङ । हलमा उपस्थित दर्शकले गररर्र ताली बजाए । एनिस्ता मात्रै होइन ‘मिस मंगोल नेपाल–२०१४’ मा प्रतिस्पर्धा गरिहेका २६ सुन्दरीले प्रस्तुत गरेको प्रतिभा र दक्षता उपस्थितलाई लोभ्याएको थियो । ‘मिस ट्यालेन्ट’ उपाधीका लागि शनिबार राजधानीमा भएको ‘ट्यालेन्ट राउन्ड’ मा प्रतिस्पर्धी सुन्दरीले गायन, नृत्य, अभिनय, क्यारिकेचर, विचार अभिव्यक्ति, गजलवाचनलगायत विभिन्न प्रतिभा प्रदर्शन गरे ।

Read More

रहिनन् गायिका मञ्जु महत, शोकमा सम्पूर्ण दोहोरी साँझ बन्द

काठमाडौं, १५ चैत । नेपाली लोक दोहोरी क्षेत्रले एक स्टार गुमाएको छ । चर्चित लोक गायिका मञ्जु महत यस दुनियाँमा रहिनन् । बिहीबार दुर्घटनामा गम्भीर घाइते भएपछि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएकी मञ्जुको उपचारकै क्रममा शनिबार दिउँसो ३ बजे निधन भएको अस्पतालले घोषणा गरेको हो । मञ्जुको निधनले लोक कलाकार स्तब्ध भएका छन् भने शनिबार सम्पूर्ण लोक दोहोरी साँझ बन्द गरिएको छ । लोक दोहोरी संघका उपाध्यक्ष रिम केसीले मञ्जुको दुखद् निधनप्रति सोक व्यक्त गर्दै दोहोरी साँझ बन्द गर्ने निर्णय गरिएको हो ।

Read More
Back To Top