Sat. Apr 20th, 2024

काठमाडौं, १५ चैत । सदाबहार नेपाली गीत, ‘प्राणभन्दा प्यारो माइतीघर’ सुरु हुनेवित्तिकै स्टेजमा छमछमाउँदै देखा परिन् एनिस्ता गुरुङ । हलमा उपस्थित दर्शकले गररर्र ताली बजाए । एनिस्ता मात्रै होइन ‘मिस मंगोल नेपाल–२०१४’ मा प्रतिस्पर्धा गरिहेका २६ सुन्दरीले प्रस्तुत गरेको प्रतिभा र दक्षता उपस्थितलाई लोभ्याएको थियो । ‘मिस ट्यालेन्ट’ उपाधीका लागि शनिबार राजधानीमा भएको ‘ट्यालेन्ट राउन्ड’ मा प्रतिस्पर्धी सुन्दरीले गायन, नृत्य, अभिनय, क्यारिकेचर, विचार अभिव्यक्ति, गजलवाचनलगायत विभिन्न प्रतिभा प्रदर्शन गरे ।
एक्सन इन्टरटेनमेन्टले आयोजना गरेका ‘मिस मंगोल नेपाल २०१४’ अन्र्तगत ‘ट्यालेन्ट राउन्ड’मा गायक जीतेन राई, मिस मंगोल नेपाल–२०१२ सपना रोकामगर, गीतकार डीआर, नृत्य कोरियोग्राफर भोगेन्द्र मानन्धर र बालांम्य मैजु–२०१३ शोना शाक्य निर्णायक रहेका थिए । ‘मिस ट्यालेन्ट’ विजेता अन्तिम प्रतिष्पर्धाका दिन घोषणा गरिने आयोजकले जनाएको छ ।
‘मिस मंगोल’ प्रतियोगितामा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक तथा सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम प्रतिष्पर्धामा प्रतियोगीको प्रस्तुतीलाई आधार बनाइँदै आएको छ । हरेक क्षेत्रका जनताको मत र चाहनाअनुसार चल्ने समय भएकाले यस प्रतियोगितामा लाखौं नेपाली प्रत्यक्ष सहभागी गराउन एसएमएस भोटिङलाई २५ प्रतिसत मान्यता दिइएको आयोजकले जनाएको छ । प्रतियोगीतामा शिर्ष उपाधीका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटोजेनिक जस्ता उपाधी प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम स्पर्धा २२ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

%d bloggers like this: