Tue. Apr 23rd, 2024

काठमाडौं, १६ चैत । मृतकको परिवारलाई राहत माग गर्दै लोक कलाकार आन्दोलनमा उत्रेका छन् । दुर्घटनामा परेकी गायिका मञ्जु महतको उपचारै क्रममा शनिबार निधन ग्रान्डी अस्पतालमा भएपछि उनको परिवारलाई राहत स्वरुप २० लाख रुपैयाँ लोक कलाकारले माग गरेका छन् तर गंगबू माइक्रो व्यवसासायी समितिले पीडित परिवारलाई राहत उपलब्ध गराउन आनाकानी गरिरहेको छ । तर कलाकारले आफ्ना् मागलाई कायमै राखेका छन् भन् सामाखुसी गल्कोपाखामा कलाकारले सडक जाम गरेर आन्दोलन गरिहेका छन् । प्रहरीले आन्दोलन गरिहेका कलाकारमाथि लाठी प्रहार गरेको छ । केही कलाकारलाई बिहानै नियन्त्रणमा लिएका् छ ।
गायक हेमन्त शर्माको नेतृत्वमा राति महाराजगन्ज प्रहरी कार्यालयमा गएको वार्ता टोलीमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठान उपत्यका समन्वयका अध्यक्ष शिव हमाल, गायिका कोमल वली, प्रतिष्ठानका सल्लाहकार दुर्गा रायमाझीलगायतको टोली रहेको थियो ।

%d bloggers like this: