
फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए, अली दाइको कीर्तिमानीसँग रोनाल्डोको बराबरी
काठमाडाैँ । तीन पेनाल्टी दिइएको एकै खेलमा पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेका छन् । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा करिम बेन्जामाले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काए । र, उनले दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सलाई अग्रता दिलाए । ६० मिनेटमा पोर्चुगलले फेरि पेनाल्टी…