Mon. Jul 22nd, 2024

एजेन्सी । जर्मनीले साबिक विजेता पोर्चुगललाई हराउँदै नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ । शनिबार भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले हराएको हो ।
खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो । खेलको १५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा पोर्चुगलले दुई आत्मघाती गोल गर्यो । रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि आत्मघाती गोल गरे । योसँगै पोर्चुगल यूरो वा विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टोली बनेको छ ।

Leave a Reply

%d bloggers like this: