Mon. Apr 29th, 2024

एजेन्सी । स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै भिल्लारियलले क्लब इतिहासकै पहिलो उपाधि जितेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको खेल थप गरिएको समयपछि पेनाल्टीमा गएको थियो । पहिलो हाफमा पछाडी परेको युनाइटेड दोश्रो हाफमा गोल गर्दै खेलमा फर्किएको थियो । तर, पेनाल्टी सुटआउटमा भिल्लारियल भाग्मानी सावित भयो ।
दुबै तर्फका ११-११ जना खेलाडीले नै पेनाल्टी प्रहार गर्ने अवस्थामा खेल पुगेको थियो । खेलमा अन्तिम पेनाल्टी प्रहार गरेका युनाइटेडका गोल किपड डे गेयाले बललाई जालीको दिशा दिन नसक्दा भिल्लारियलले उपाधि जित्यो ।
खेलको पहिलो हाफको २९ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । त्यस्तै, दोश्रो हाफको ५५ मिनेटमा इडिन्सन कभानीले गोल गर्दा युनाइटेड खेलमा फर्किएको थियो ।
यरोपियन प्रतियोगितामा इंग्लिस क्लबहरू अहिलेसम्म स्पेनिस क्लबसामू निरीह देखिएका छन् । अहिलेसम्म इंग्लिस र युरोपियन क्लबबीच भएका १० फाइनल खेलमा १० खेलमा नै स्पेनिस क्लबले जित हात पारेका छन् ।
त्यस्तै, गएराती भिल्लारियललाई उपाधि जिताएसँगै ४ पटक युरोपा लिग जित्ने युनाइ इमरी पहिलो प्रशिक्षक समेत भएका छन् ।

Leave a Reply

%d bloggers like this: