Fri. May 3rd, 2024

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।
 
चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए । पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको पासलाई गोलमा परिणत गर्दै हाभर्ट्जले चेल्सीलाई अग्रता दिलाएका थिए । सोही अग्रताको सफल बचाउ गर्दै चेल्सीले ९ वर्षपछि दोस्रो पटक उपाधि जितेको हो ।
 
खेल अवधिभर भने सिटीले चेल्सीलाई दबाब दिएको थियो । ६१ प्रतिशत बल नियन्त्रणमा लिएको सिटीले चेल्सीको पोस्टमा ७ प्रहार गरेको थियो । त्यसमध्ये १ सट टार्गेटमा रहेको थियो । यसअघि चेल्सीले २०१२ मा जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

Leave a Reply

%d bloggers like this: