माइलीको लाज पचेका पोज
अंग्रेजी गायिका माइली साइरस अलिक छाडा छिन् । वरिपरि बसेका मानिसको वरिष्ठताको ख्यालै नगरी उनी तल्लोस्तरको गालीगलौजको शब्द संकोच नमानी बोल्ने गर्छिन् । उनलाई कतिपयले गतिछाडाको उपमा दिएका छन् ।
अंग्रेजी गायिका माइली साइरस अलिक छाडा छिन् । वरिपरि बसेका मानिसको वरिष्ठताको ख्यालै नगरी उनी तल्लोस्तरको गालीगलौजको शब्द संकोच नमानी बोल्ने गर्छिन् । उनलाई कतिपयले गतिछाडाको उपमा दिएका छन् ।
कर्णप्रिय स्वरका धनी लोकप्रिय गायक फत्तेमान राजभण्डारीको सोमबार राति निधन भएको छ । ७७ वर्षको उमेरमा फोक्सोको क्यान्सर कारण उनको मृत्यु भएको थियो ।
अभिनेता आर्यन सिग्देल पनि फिल्म निर्माता भएका छन् । फिल्म ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन् । मलेसिया निवासी सुवास गिरीसँग मिलेर निर्माण गर्न लागेको फिल्ममा मुख्य भूमिकामा पनि उनी आफै छन् । प्रेम र मौसमको दोहोरो वर्षालाई बिम्ब बनाइएको फिल्ममा उनका जोडीका रुपमा नम्रता श्रेष्ठ र छुल्ठिम डोल्मा गुरुङ ‘भिज्दै’ छन्…
उमिँ्रदै तीनपात पलाउने पुस्ताका यी तन्नेरीले गर्लफ्रेन्ड नबनाउने कुरै भएन । ‘किन नबनाउनु बनाइयो नि, अहिले पो छैन त,’ अनमोलले ‘भ्याकेन्सी ओपन’ भएको संकेत गरे । सलोनले हाँसेर टारे । गौरवले पोल लगाए, ‘दाइ, यी केटाहरूको कुरा नपत्याउनू । सोझो भनेको ममात्रै हो ।’
अमेरिकी अभिनेत्री रुनी मारा निर्देशक टोड हायनेसको फिल्म ‘क्यारोल’मा देखिने भएकी छिन् । यसअघि अभिनेत्री मिया वसिकोस्का फिल्ममा अनुबन्धित भए पनि अन्तिममा रुनीले बाजी मारेकी हुन् । फिल्ममा उनी अभिनेत्री केट ब्ल्यान्सेटको जोडी बन्नेछिन् । फिल्म लेस्बियनको कथामाथि आधारित भएकाले रुनीले यसलाई चुनौतीका रूपमा लिएकी छिन् । अर्काे वर्षको सुरुतिर फिल्म छायांकन सुरु हुने बताइएको…
मिस युके नेपालकी फस्ट रनरअप मोनिका लिम्बूको अर्को पनि परिचय थपिएको छ । ‘मिस युके नेपाल–२०१०’ मा फस्ट रनरअपको उपाधि जितेकी सुन्दरी मोनिकाले गीति एल्बम ‘सायद’ लिएर आएकी छन् । योसँगै मोनिका गायिकाको लिस्टमा समेत परेकी छन् ।
विवाहिता महिलाले पतिको दीर्घायुका लागि ब्रत बस्छन् । अविवाहिता राम्रो बर पाउँ भनेर बस्छन् । यो परम्परागत कुरा भयो । जमाना फेरिएको छ । ब्रत बस्ने अनेक बहाना छन् । नेपालका अविवाहित हिरोइनचाहिँ के का लागि ब्रत बसेका छन् ? तीजको अवसरमा हामीले बुझ्ने कोशि गरेका थियौँ ।
निर्माता तथा कलाकारले भगवान् बद्धको जन्म भारतमा भएको अभिव्यक्ति दिएपछि भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारणममा आएको टेलिसिरियल ‘बुद्ध’ रोकिएको छ । सिरयललाई नेपालमा प्रशारणमा रोक लगाइएको हो ।
माइत जान नपाउनुको पीडा, दाजुभाइ नहुनुका पीर, माइती टाढा हुनुको कष्ट र दौँतरी माइती आँगनमा भेला हुन पाउनुका खुसी साट्ने उपयुक्त माहोल तीज थियो । सबै महिलाले गीतको माध्यमबाट आफ्ना दुःख बिसाउँथे र खुसी साट्थे । भगवान् शिवको प्रार्थना गरेर आफ्नो पतिको दीर्घायुको कामना गर्थे वा उपयुक्त वर प्राप्त गर्ने आशा व्यक्त गर्थे (यो बेग्लै कुरा हो कि यसमा कुनै वैज्ञानिकता छैन) । ती कुरा पनि तीजका गीतमा भक्तिरसबाट व्यक्त हुन्थे । यतिबेला अति शृंगारिक (जो केबल यौनसँग जोडिएको छ र जसले अभिव्यक्तिको सस्तो शैली अख्तियार गरेको छ) र ‘वीर’ रसका तीजे भाकाको वर्चस्व छ । गीतमार्फत कि ‘पोइ’ खोजिदिन शिवलाई घुर्की लाउँछन् कि त बैँसले उन्मुक्त तरुनीहरू छिल्लिरहेका छन् ।
फेरि एकपटक भारतीय टेलिभिजन जीटिभीमा प्रसारण हुने हिन्दी टेलिसिरियलमा नेपालीको गौरवमाथि प्रहार हुनेछ । किनभने त्यो सिरियलमा देखाइनेछ, ‘बुद्ध भारतमा जन्मिएका हुन् ।’