Fri. Mar 29th, 2024

फिल्म ‘नो टेन्सन’को छायांकन शुरु भएको छ । राजधानीको भद्रकाली मन्दिरमा शुभ मुर्हूत गर्दै फिल्मको छायांकन थालिएको हो । समसामयिक कथावस्तुमा आधारित हाँस्यप्रधान फिल्म ‘नो टेन्सन’लाई शिव घिमिरले निर्देशन गर्दैछन् । 
राज क्षितिज, अनन्त पुन, मोनिका दाहाल, विनिता घिमिरे, रामभक्त श्रेष्ठ, किरणराज भण्डारी, राजन मर्हजन, उमेश सिवाकोटीका साथै धिरने शाक्यको पनि विशेष भूमिका रहेको छ फिल्ममा । एनपि फिल्मस् पोडक्सनको चौथो प्रस्तुति रहेको फिल्मका निर्माता पदमकृष्ण वानियाँ हुन् । द्वन्द्व सम्राट वस्नेत, सङ्गीत राजेन्द्र श्रेष्ठले गर्ने भएका छन् ।

%d bloggers like this: