Sat. Apr 20th, 2024

विष्णु शाही\नेपालगञ्ज
महिला बिरुद्ध हिंसाको विषयमा टेलिफिल्म ‘पीडा’ निर्माण हुने भएको छ । भिजन सामुदायीक सञ्चार सहकारी संस्था लिमिटेड संस्थाद्धारा सञ्चालित भिजन टेलिभिजनले निर्माण गर्न लागेको टेलिफिल्मको शनिवारबाट बाँकेका बिभिन्न स्थानहरुमा छायाँकन थालिएको छ ।
टेलिभिजन कार्यालयको प्रांगणमा कार्यक्रम संयोजक कमल विक निर्माेहीले धुप बाली तथा टेलिभिजनका संस्थापक अध्यक्ष इश्वरी प्रसाद पोखरेलले नरिवल फुटाएर टेलिचलचित्रको शुभ मुहूर्त गरेका थिए । शुभ मुहर्त कार्यक्रममा वोल्दै अध्यक्ष पोखरेलले टेलिफिल्मको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम संयोजक निर्माेहीले टेलिफिल्मको माध्यमवाट हरेक नेपालीलाई सन्देश दिई समाजमा नारिविरुद्ध हुने घटनाहरुको अन्त्य गर्न सहयोग पुग्ने वताए । भरत महतोको निर्देशन, शैलेन्द्र जिएनको सहनिर्देशनमा तयार हुने टेलिफिल्ममा कथा सीपी गौतमले लेखेका हुन् । महिला विरुद्ध हिंसा हिंसा, अपहेलना, छोराछोरी विचको भेदभावलाई मुख्य कथावस्तु वनाइएको टेलिफिल्ममा सञ्चारकर्मी कमल विके निर्माेही, ओविराज आचार्य, रमेश अधिकारी लगायत गंगा श्रेष्ठ, सविना केसी बालकलाकार रिया श्रीनाल, प्रेरणा लामीछाने, श्रृष्टी गौतम र सम्रागी मल्ल मुख्य भूमिकामा देखिने भएका छन् । ‘पिडा’ असोज पहिलो सातादेखि भिजन टिभीबाट प्रसारण गरिने कार्यक्रम संयोजक निर्माेहीले बताए ।

%d bloggers like this: