Fri. Apr 26th, 2024

रोमान्टिक कमेडी फिल्म ‘टलकजंग भर्सेस टुल्के’ निर्माण नथाल्दै ‘निर्माता भर्सेस निर्देशक’ भएको छ । ‘वधशाला’ निर्माता डोटेलले निर्माण गर्ने र ‘लुट’ निर्देशन गरेर नाम चम्काएका बस्नेतले निर्देशन गर्ने भनिए पनि अहिले यी दुईबीच ‘भर्सेस’ आएको छ । यसरी आन्तरिक विवाद आउँदा निर्माताले निर्देशक निकाल्ने प्रचलन पुरानै हो तर यो फिल्मबाट भने निर्माताले हात धुनु परेको छ । 
निश्चलले निर्देशन गर्न लागेको दोस्रो फिल्ममा ‘आन्तरिक असहमति’ भएपछि निर्माता डोटेल फिल्मको निर्माताबाट बाहिरिएका हुन् । फिल्म निश्चलको आफ्नै निर्माण कम्पनी ब्ल्याक हर्समार्फत बन्नेछ । फिल्ममा अभिनेत्री ऋचा घिमिरे फाइनल भइसकेकी छिन् । बाँकी चाँडै तय गरिने बताइएको छ । डार्क कमेडी फिल्मको छायांकन भदौबाट सुरु हुने भनिएपनि अझै सुरु भएको छैन । टलकजंग र टुल्के हास्यपात्र भएकाले फिल्ममा हँसाउने मसला बढी हुने बताइएको छ ।

%d bloggers like this: