Fri. Apr 19th, 2024

कर्णप्रिय स्वरका धनी लोकप्रिय गायक फत्तेमान राजभण्डारीको सोमबार राति निधन भएको छ । ७७ वर्षको उमेरमा फोक्सोको क्यान्सर कारण उनको मृत्यु भएको थियो ।
आफूलाइ क्यान्सर भएको जानकारी फत्तेमानलाई मृत्युको दुई दिनअघिसम्म पनि थिएन । छातीको समस्याले पिरोलिएपछि एक साताअघि उनी अस्पताल भर्ना गरिएका थिए । क्यान्सर तेस्रो चरणमा पुगेपछि मात्र पत्ता लागेका उनलाइ चिकित्सकले किमोथेरापी दिन सुरु गरेका थिए । चिकित्सकका अनुसार दस दिनको यो डोज पुरा भइदिएको भए उनी अझै केही समय बा“च्ने सम्भावना रहन्थ्यो । तर, सुरु गर्ने बित्तिकै उनको शरीरले किमोको दबाब झेल्न सकेन र उनी अचेत भए । आइसियुमा राखिएका उनको हिजो राति १२ः३० बजे प्राण गयो ।
‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रैछ’ लगायत दर्जनौँ सदाबहार हिट गीत गाएका उनी १९९३ मंसिर १३ मा जन्मिएका थिए । ‘सान्नानीको गालैमा कालो कोठी रैछ’, ‘बनै खायो डढेलोले मनै खायो’ जस्ता गीत अहिले पनि उत्तिकै सुनिन्छन् ।
उनको शब आज बिहान १० बजेसम्म पशुपतिमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

%d bloggers like this: