हामी थपडी बजाउन मात्र गएको हो र ?छक्का पन्जाले पुरस्कार नपाएपछि दिपक र दीपा समारोहको विचबाटै निस्किए

  निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी काठमाण्डौको पाँच तारे ‘हायात होटल’मा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहको विचबाटै निस्किए । दीपक र दीपा निस्किए लगतै चलचित्र ‘छक्का पन्जा’लाई ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार’ प्रदान गरियो । कार्यक्रममा पुगेका चलचित्रका निर्देशक दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीलाई हलमा खुबै खोजी…

Read More

‘पाँचौ एनएफडीसी कार्यक्रममा उत्कृष्ट नायिकाको अवार्ड प्रियंका कार्की अरु कस-कसले जिते राष्ट्रिय चलचित्र पुरस्कार २०७३’

शनिबार काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी कार्यक्रम सम्पन्न  भएको छ  मनीषा कोइराला प्रमूख अतिथि बनेकी उक्त अवार्ड कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न २१ विधा र व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो। ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलिलाई उत्थान’ मूल नारासहित सम्पन्न कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको उपस्थिति थियो।  ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ को पाँचौं संस्करणमा फिल्म ‘छक्का…

Read More

लघु चलचित्र “सामान” को बिशेष प्रदर्शन भव्यताका साथ् सम्पन्न ,देशले उठाउने इस्यू फिल्मले उठाएको भन्दै खुलेरै तारिफ

काठमान्डू,३ असार ,  रंग सारथीद्वरा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको  लघु चलचित्र “सामान” को आज बिशेष प्रदर्शन भव्यताका साथ् काठमान्डू स्थित नाचघरमा सम्पन्न भएको छ l उक्त चलचित्रको बिशेष प्रदर्शन कार्यक्रममा पत्रकार लगायत बिशिष्ठ व्यक्तिहरुले  बाक्लो उपस्थिति जनाएका  थिए lपत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट ,सर्वनाम थेयटरका अध्यक्ष अशेष मल्ल ,वैदेशिक रोजगार व्यवसायी संघका…

Read More

चलचित्र सायद २ को फेसबुक प्रोफाइल बनाउँ पोखरा घुम्न जाउँ

फिल्म ‘सायद’को सिक्वेल ‘सायद २’ असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । यसको पहिलो भागलाई युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म ‘सायद २’ लाई पनि दर्शकहरुले रुचाउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । यो फिल्मको केही दिन अगाडि ‘पहिलो प्रेम…’ बोलको रोमान्टिक गीत रिलिज भएको थियो ।…

Read More

फिल्म ‘प्रेमगीत २’को निर्माणपक्ष टिम निकै तनावमा

 वर्ष २०७२ मा प्रदर्शनमा आएका सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ को क्लाईमेक्स सिनलाई निर्माणपक्षले निकै दुःख गरेर तयार पारेको छ । झण्डै २ महिनासम्म वर्कसप गरेपछि फिल्मका लागि क्लाईमेक्स सिन खिचिएको थियो । नेपाल, थाइल्याण्ड र म्यानमारको छायांकनपछि काठमाडौंमा नै फिल्मको क्लाईमेक्स सिन खिच्न थाईल्याण्डको अन्डरग्राउण्डमा हुने ‘डू एण्ड डाइ’…

Read More

चलचित्र ‘डा…खाते’को ट्रेलर सार्वजनिक

चलचित्र ‘डा.खाते’को ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रले बालश्रम बिरुद्धको आवाज उठाउनुको साथै सडक बालबालिका अवस्था पेश गरेको निर्देशक रवि अर्यालको भनाई छ ।रोशनी केसीले निर्माण गरेको उक्त चलचित्र साउन ६ गतेबाट सार्वजनिक प्रदर्शन गरिने निर्देशक अर्यालले बताए । निर्मात्री केसीले चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च…

Read More

फिल्म ‘लाल्टिन’को विकेन्ड व्यापारिक रिपोर्ट सार्वजनिक कुल ग्रस कलेक्सन १ करोड २० लाख

बहुप्रतिक्षित  चलचित्र लाल्टिनले दर्शकहरुको प्रतिक्षाको घडी समाप्त पारी जेठ २६ गतेबाट अल नेपाल प्रदर्शनमा आएको  छ ।प्रदर्शन पश्चात फिल्मले दर्शकको मन जित्न सफल भएको  छ , देवकुमार श्रेष्ठ निर्देशित सिनेमा ‘लाल्टिन ’ विकेन्डको व्यापारिक रिपोर्ट पनि सार्वजनिक भएको छ । प्राप्त व्यापारिक रिपोर्टका अनुसार सिनेमाको यो कलेक्सनलाई निर्माता भानु प्रतापले सुखद रहेको भन्दै खुसि व्यक्त…

Read More

चलचित्र सायद-२ को “पहिलो प्रेम”बोलको गीतले नेपाली फिल्म बजारमा धमाका मच्चाउने पक्का

बहुप्रतिक्षित चलचित्र सायद-२ को “पहिलो प्रेम” बोलको गीत सार्बजनिक भएको छ l उक्त गीतले नेपाली फिल्म बजारमा एकपटक धमाका मच्चाउने पक्का भएको छ l  भिडियोको क्वालिटी अन्तराष्ट्रिय स्तरको बनेकोमा कुनै दुइमत छैन l सुगम पोख्रेलको शब्द ,लय र संगीतमा तयार भएको उक्त गीतको भिडियोमा प्राकृतिक सौन्दर्यको महिमालाइ बडो कलात्मक ढंगले क्याप्चर गरिएको छ भने  नायक…

Read More

‘ए मेरो हजुर-२’ को दोस्रो गीतले दश लाख भन्दा बढी भ्युअर्स कलेक्सन गर्न सफल

भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर-२’ को दोस्रो गीतले दश लाख भन्दा बढी भ्युअर्स कलेक्सन गर्न सफल भएको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा साधना सरगमको स्वर र बसन्त सापकोटाको शब्द-संगीत सुन्न सकिन्छ । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली पन झल्कने…

Read More

फिल्म ‘दंगल’को १ हजार करोड भन्दा बढीको व्यापार

बजार खोज्न सकेको खण्डमा बलिउड फिल्मले अब अन्तरराष्ट्रिय बजारबाट निकै राम्रो कमाइ गर्न सक्छ भन्ने उदाहरण अभिनेता आमिर खानको मुख्य भूमिका रहेको फिल्म ‘दंगल’ले देखाएको छ । यो फिल्मले विश्वभरबाट १ हजार करोड भन्दा बढीको व्यापार त गरिसकेको छ । तर, अब बलिउडले खासै बजार नखोजेको चीनमा पनि यसले बम्पर व्यापार गरेको छ । चीनमा…

Read More