Wed. Apr 24th, 2024

नेपाली चलचित्र जति उत्कृस्ट बन्दै गए त्यतिकै रुपमा प्रतिस्पर्दा पनि हावी हुदै गएको छ l बिदेशी चलचित्र भन्दा नेपालि चलचित्रले मार्केट पछिल्लो समय लिदै आएको तपाई हामि माझ प्रस्ट छ l अहिले नेपाली फिल्म बजारमा धेरै फिल्महरु निर्माण भएका छन् तर कुन मुभीले बजार तताउने हो त्यो भने आगामी दिनहरुमा हेर्न बाकि नै छ l
भर्खरै मात्र ट्रेलर रिलिज गरेको चलचित्र प्रेम गीत-२ ले नेपाली फिल्म बजारमा तहल्का मच्चाएको छ l नायक प्रदीप खड्कासंग लड्ने भिलेनको लुक्स थाई एक्टर टोनिजासंग मिल्ने र एक्सन पनि टोनिजा जस्तै भएको आम दर्शकको प्रतिक्रिया रहेको छ l
फिल्म अन्तराष्ट्रिय स्तरको भएको फिल्मको ट्रेलरबाट छर्लंग देखिन्छ l प्रेम गीत-२ को छायांकन नेपालको रारा ताल देखि लिएर म्यान्मारसम्म गरिएको छ l यस बर्षको दर्शकहरुको बहुप्रतिक्षित फिल्म प्रेम गीत-२ रहेको छ
बिडम्बना, ट्रेलर यति राम्रो हुदा हुदै पनि युट्युवमा डीस लाइक को संख्या बढी छ हामीले राम्रोलाई राम्रो भन्ने बानि बिकास गर्न नसकेकै देखिएको छ खुट्टा तान्ने प्रवृतिले पनि कसैले इर्स्या गरेर यस्तो भएको भन्ने अनुमान लाउन सकिन्छ हैन भने ट्रेलर ले एकदिनमै ३ लाख माथिको भ्युअर्स कलेक्सन नगर्नुपर्ने हो l अन्य फिल्म भन्दा प्रेम गीत-२ मा कुनै कमि देखिदैन उत्साहजनक प्रस्तुति छ फिल्मले व्यापार एकदमै राम्रो गर्ने मा कुनै दुबिधा रहदैन भन्नेमा निर्माण पक्ष बिश्वस्त रहेको छ l
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । यो फिल्म साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: