Thu. Apr 25th, 2024

भर्खरै मात्र ट्रेलर रिलिज गरेको चलचित्र प्रेम गीत-२ ले नेपाली फिल्म बजारमा तहल्का मच्चाएको छ l चलचित्र प्रेम गीत-२ को ट्रेलर अहिले युट्युव च्यानेलमा ट्रेडीङ्ग नम्बर वानमा पर्न सफल भएको छ l चार दिनमा ट्रेलरले ५ लाख भन्दा बढी व्युअर्स कलेक्सन गरेको छ ,फिल्म अन्तराष्ट्रिय स्तरको भएको फिल्मको ट्रेलरबाट छर्लंग देखिन्छ l प्रेम गीत-२ को छायांकन नेपालको रारा ताल देखि लिएर म्यान्मारसम्म गरिएको छ l अन्य फिल्म भन्दा प्रेम गीत-२ मा उत्साहजनक प्रस्तुति छ फिल्मले व्यापार एकदमै राम्रो गर्ने मा कुनै दुबिधा रहदैन भन्नेमा निर्माण पक्ष बिश्वस्त रहेको छ l
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । यो फिल्म साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: