Thu. Apr 25th, 2024

 
निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी काठमाण्डौको पाँच तारे ‘हायात होटल’मा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहको विचबाटै निस्किए । दीपक र दीपा निस्किए लगतै चलचित्र ‘छक्का पन्जा’लाई ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार’ प्रदान गरियो ।
कार्यक्रममा पुगेका चलचित्रका निर्देशक दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीलाई हलमा खुबै खोजी गरियो । तर, दुबै जना नदेखेपछि नायिका प्रियंका कार्की, वितरक प्रदिप कुमार उदय, कार्यकारी निर्माता निर्मल शर्मा पुरस्कार लिन स्टेज चढेका थिए । दीपक र दीपा हलबाट बाहिरए लगतै कार्यक्रम स्थलमा चर्चा सुरु भैसकेको थियो ।
हामी ताली बजाएरै बस्ने हो र ? : दीपाश्री
हलबाट बाहिरिए लगतै हामीले निर्देशक दीपाश्री निरौलालाई किन कार्यक्रममा नबस्नु भएको भनेर सोध्यौ । फोन संवादमा दीपाले भनिन्–‘हामी ताली मात्र बजाउनलाइ पुगे जस्तो भयो । सर्वाधिक व्यापार गर्ने चलचित्रमा त हामीलाई नदिएर ‘बाहुवली २’लाई दिने कुरा भएन । पाउनुपर्ने विधामा नै नपाएपछि किन बस्नु भनेर निस्किएको । ’
दीपक र दीपा ‘सर्वोत्कृष्ट संगीत, सर्वोत्कृष्ट पटकथा’ लगायतका विधामा ‘छक्का पन्जा’ले पुरस्कार नपाएपछि निस्किएका थिए । तर, अन्त्यमा चलचित्र ‘छक्का पन्जा’ उत्कृष्ट चलचित्र साबित भयो भने निर्देशक दीपाश्री निरौलाले यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् ।
कार्यक्रम सकिएपछि पनि दीपक र दीपा बाहिरिएको बिषयले सर्वाधिक चर्चा पाएको थियो । दीपाश्री र दीपक कार्यक्रम हलबाट बिचमै आक्रोशित मुद्रामा हिडेपछि आयोजकले उनीहरुलाई फोन गरेको थियो । तर, उनीहरु फर्किएनन् ।
यसअगाडि पनि ‘सिक्किममा आयोजित इनास अवार्ड र काठमाण्डौमै आयोजित एक अवार्डमा दीपक र दीपा हलबाट बिचमै निस्किएर हिडेका थिए ।

Leave a Reply

%d bloggers like this: