Thu. Mar 28th, 2024
शनिबार काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी कार्यक्रम सम्पन्न  भएको छ  मनीषा कोइराला प्रमूख अतिथि बनेकी उक्त अवार्ड कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न २१ विधा र व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो। ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलिलाई उत्थान’ मूल नारासहित सम्पन्न कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको उपस्थिति थियो।
 ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ को पाँचौं संस्करणमा फिल्म ‘छक्का पन्जा’ ले उत्कृष्ट फिल्मको उपाधि हात पारेको छ। दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’ ले यस वर्षको पहिलो अवार्ड हात पारेको हो ।
 त्यस्तै, यस वर्षको उत्कृष्ट नायिकाको अवार्ड फिल्म ‘छक्का पन्जा’बाट प्रियंका कार्की र ‘जात्रा’बाट विपिन कार्कीले उत्कृष्ट नायकको अवार्ड हात पारे । सर्वाधिक १५ विधामा मनोनयनमा परेको फिल्म ‘छक्का पन्जा’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीसँगै उत्कृष्ट हास्यकलाकारको अवार्डमा मात्र चित्त बुझायो । ९ विधामा मनोनित भएको फिल्म ‘पुरानो डुंगा’ले भने एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा आफ्नो बर्चश्व जमायो । ‘पुरानो डुंगा’ले उत्कृष्ट संगीतकार, उत्कृष्ट छायाँकार, उत्कृष्ट पटकथा, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेताको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो भने ११ विधामा मनोनित भएको फिल्म ‘जात्रा’ले उत्कृष्ट नायकसँगै पुनः ध्वनी मुद्रण र उत्कृष्ट सम्पादनको अवार्ड हात पार्‍यो ।
 अवार्ड कार्यक्रममा ‘डाइङ क्यान्डल’ले ५ हजार राशीको ‘मह जुरी राष्ट्रिय पुरस्कार’ हात पार्‍यो भने ‘छक्का पन्जा’ले ५ हजार नगद राशीको ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक फिल्म’ को पुरस्कार हात पार्न सफल भयो । त्यस्तै, कान्तिपुर दैनिकका पत्रकार शुशिल पौडेललाई ५ हजार नगद राशीसहित ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।
जान्नुहोस्, कस-कसले जिते ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ :-
‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा
‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
दिपाश्री निरौला  – छक्का पन्जा
‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
विपिन कार्की  – जात्रा
‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
प्रियंका कार्की  – छक्का पन्जा
‘नीर’ सर्वोत्कृष्ट सह-अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
माउत्से गुरुङ  – पुरानो डुंगा
‘वसुन्धरा’ सर्वोत्कृष्ट सह-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
मेनका प्रधान  –  पुरानो डुंगा
‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
आयुस्मान देसराज श्रेष्ठ जोसी – चपली हाईट २
‘चैत्य’ सर्वोत्कृष्ट नव-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
सुष्टि श्रेष्ठ – गाजलु
‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
केदार घिमिरे  – छक्का पन्जा
‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
रामबाबु गुरुङ / उपेन्द्र सुब्बा  – पुरानो डुंगा
‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
सैलेन्द्र डी. कार्की – पुरानो डुंगा
‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
मित्र गुरुङ – जात्रा
‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
काली प्रसाद वास्कोटा – निर जहिले रिसाउने (पुरानो डुंगा)
‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
मीना निरौला    –  ठमेल बजार (लूट २)
‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
विक्रम स्वार  –  ठमेल बजार (लूट २)
‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
रोशन श्रेष्ठ – किङ्ग
‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
मनोजराज भण्डारी – जात्रा
‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
ईमान विक्रम शाह – चपली हाईट २

Leave a Reply

%d bloggers like this: