Fri. Apr 26th, 2024

मिलन चाम्स फिल्मको ब्यानरमा निर्माण हुन लागेको चलचित्र बबी को शुटिंग कार्य धमाधम नर्वेमा भैरहेको बेला नर्वेको राष्ट्रिय समाचार पत्रमा फिल्म बबीले स्थान पाएको छ l एउटा फुल पेज भरि बबी को बारेमा लेखिएको हामी देख्न सक्छौ l यस्तो खुशीको खबरले निर्माण पक्ष त खुशीनै हुने भयो तर सम्पूर्ण नेपालीको लागि भने यो एउटा गौरवको बिषय बनेको छ l नेपाली फिल्म उद्योगका लागि यसलाई ठुलै सफलता मान्नु पर्दछ l अब नेपाली फिल्म ले फड्को मार्ने मा कुनै दुबिधा छैन l
चलचित्र बबीलाइ मिलन चाम्सले निर्देशन गरेका छन् पछिल्लो समयमा आएर नेपाली फिल्म बजारलाई चाम्सले उत्कृष्ट फिल्म दिदै आएका छन् l चलचित्र बिर बिक्रमको अपार सफलतापछि निर्देशक चाम्स धेरै बेस्त रहेका छन् भने नेपालि फिल्म बजारमा मुलधारलाई वास्तविकतासंग जोड्ने र नेपालि फिल्मलाइ बिदेशमा छायांकन गर्ने निर्देशकका रुपमा चिनिएका छन् l चलचित्र बब्बीमा उमेश थापा र कविता गुरुङको जोडीलाई पर्दामा उतारिएको छ l नर्वेमा बस्दै आयका उमेश र कविता चलचित्र बब्बीका मुख्य कलाकार हुन् भने चलचित्रको कथा यी दुइ जोडीको वास्तविक जीवनसंग मेल खाने सत्यघटनामा आधारित रहेको छ l चलचित्रको कथालाई संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् l चलचित्रको मुख्य थिम प्रेममा जातिय र बर्गीय द्वन्द्व खेपेको संघर्स्मय दुइ प्रेमी बिचकोको सामाजिक संदेश मुलक कहानी हो l अंग्रेजी ,नर्वियन सहित अन्य भाषाको उपशीर्षकमा रिलिज हुने छ l नेपालि फिल्मलाइ अन्तराष्ट्रियकरण गर्ने उदेश्यले यस्तो गर्नलागेको निर्देशक चाम्सले जानकारी दिए l चलचित्रको कलाकारहरुमा उमेश थापा ,कविता गुरुङ ,विजय लामा मुख्य भूमिकामा रहनेछन भने नवराज थापाको छायांकन ,तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जी सी को एडिटिंग रहनेछ l

Leave a Reply

%d bloggers like this: