दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई

काठमाडाैँ । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल भए । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित भए…

Read More

१५ प्रतियोगीलाई पछि पार्दै सुजिताले जितिन् ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज

काठमाडाैँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन्। १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्। विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन्। शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै…

Read More

साउथ स्टार पुनित कुमारको निधन

एजेन्सी । साउथ फिल्मका अभिनेता पुनित कुमारको हृदयाघातबाट निधन भएको छ । आज बिहान स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको हो। पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए…

Read More

रजनीकान्त अस्पताल भर्ना

एजेन्सी । अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए । ७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै…

Read More

शाहरुख खानका छाेरा आर्यनले पाए जमानत

एजेन्सी । मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए । यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् । यस मामिलामा पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन…

Read More

विजयी भएर आउनुहोस् सरकारले सुशोभित गर्नेछ : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा तक्मा दिएर सुशोभित गर्ने बताएका छन् । राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको सुनाए । सम्मान…

Read More

आयुषा बस्नेतलाई मिस टुरिजम नेपालको ताज

काठमाडाैँ । ‘मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ को ताज आयुषा बस्नेतले जितेकी छन् । साहारा इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगीतामा १४ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी विजेता बस्नेतले एक लाख नगदसहित हात पारेकी छन् । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले आयोजित कार्यक्रममा फष्ट रनर अप भावना खनाल र सेकेन्ड रनरअप सविना पोदार भए । दुबैले…

Read More

अभिनेत्री कंगनाले जितिन् सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

एजेन्सी । अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो । आमाबुबाका साथ कंगना पुरस्कार समारोहमा सहभागी थिइन् । उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार वितरण गरेको समारोहमा स्वर्गीय…

Read More

नेपाली फिल्म ‘एक्स ९’मा सुनिल सेट्टी फाइनल

काठमाडाैँ । निर्देशक मुकुन्द भट्टले उनको नयाँ फिल्ममा ‘एक्स ९’ का लागि बलिउड स्टार सुनिल सेट्टी फाइनल भएको जानकारी दिएका छन् । उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन् उनले उक्त पोष्टमा फिल्मको छिट्टै घोषणा गर्ने समेत जनाएका छन् । फिल्ममा सेट्टीले नेभेटिभ…

Read More

मुस्ताङमा कबड्डी-४ को टोलीले सुरू गर्यो काम

काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए । फिल्मका कलाकारहरू पनि शुक्रबार छायांकन स्थलमा पुगिसकेका छन् । ३५ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको टोलीले काम सुरु गरिसकेको छ । फिल्ममा दयासँगै सौगात मल्ल,…

Read More