Sun. Sep 24th, 2023

काठमाडाैँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन्। १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्। विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन्।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो। उमंग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्नेछिन्।

Leave a Reply

%d bloggers like this: