Sun. May 5th, 2024

काठमाडाैँ । निर्देशक मुकुन्द भट्टले उनको नयाँ फिल्ममा ‘एक्स ९’ का लागि बलिउड स्टार सुनिल सेट्टी फाइनल भएको जानकारी दिएका छन् । उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन्

उनले उक्त पोष्टमा फिल्मको छिट्टै घोषणा गर्ने समेत जनाएका छन् । फिल्ममा सेट्टीले नेभेटिभ रोल निभाउने जानकारी दिइएको छ ।

क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने बताइएको फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्म २०७९ को दसैँमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

Leave a Reply

%d bloggers like this: