Mon. Apr 29th, 2024

काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए ।

फिल्मका कलाकारहरू पनि शुक्रबार छायांकन स्थलमा पुगिसकेका छन् । ३५ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको टोलीले काम सुरु गरिसकेको छ ।

फिल्ममा दयासँगै सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतका कलाकारको अभिनय रहने छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मको सेड्युलअनुसार काम भएमा यसै वर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउन सक्ने छ ।

Leave a Reply

%d bloggers like this: