Thu. Apr 25th, 2024

एजेन्सी । मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् ।

गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए ।

यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् ।

यस मामिलामा पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन खानकाे पैरवी गरेका हुन् । याे फैसलापछि मुकुल रोहतगीले भने, ‘मुम्बई उच्च अदालतले तीन दिनसम्मकाे सुनेपछि आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई जमानत दिएकाे छ । विस्तृत आदेशकाे कपी भाेलि दिइनेछ । शनिवारसम्म सबै जेलबाट बाहिर हुने आशा छ ।’

यसअघि आर्यन खानकाे जमानत निवेदन दुई पटक खारेज गरिएकाे थियाे ।

Leave a Reply

%d bloggers like this: