Thu. Apr 25th, 2024

एजेन्सी । अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए ।

७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै डिस्चार्ज भएका थिए ।

रजनीकान्तले केही वर्ष पहिले नै मिर्गाैला प्रत्यारोपण गराइसकेका छन् । यसका लागि उनी नियमित अस्पताल जाने गर्दछन् ।

Leave a Reply

%d bloggers like this: