नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

४ असोज, काठमाडाैँ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस…

Read More

अष्ट्रेलियाका २० हलमा एकसाथ प्रदर्शन हुँदै ‘प्रेमगीत-३’

काठमाडाैँ। अष्ट्रेलियाका ८ शहरमा एकासाथ प्रेमगीत-३ फिल्म चल्ने भएको छ। आठ शहरका विभिन्न हलहरूमा बहुप्रतिक्षति फिल्म प्रेमगीत-३ चल्ने भएको हो। यो नेपाली चलचित्र इतिहासकै पहिलो इन्डो-नेपाली फिल्म हो। नेपालमा बनेको यो फिल्म हिन्दी भाषामा नै भारतका हलहरूमा पनि २३ सेप्टेम्बरमा प्रदर्शन हुँदैछ। त्यस्तै, उर्दू भाषामा समेत डबिङ गरिएको फिल्म पाकिस्तानमा पनि रिलिज हुने निश्चित भइसकेको…

Read More

नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ। राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ। सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ। नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन्। उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो।…

Read More

एक साता अघि नै ‘प्रेमगीत-३’को बुकिङ खुला, नेपाली सिने जगतमा नयाँ रेकर्ड

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’को टिकट बुकिङ खुला भएको छ। दर्शकहरूको माग थाम्न नसकेपछि निर्माण पक्षले फिल्म प्रदर्शन हुनुभन्दा एक साता अघि नै टिकट बुकिङ खुला गरेको हो। यो फिल्म नेपाल भारत र पाकिस्तानमा एकै दिन रिलिज हुँदैछ। नेपालमा हिन्दी र नेपाली भाषामा नै रिलिज हुने फिल्म भारतमा हिन्दी भाषामा नै रिलिज हुँदैछ। त्यस्तै, पाकिस्तानमा यो फिल्म…

Read More

फिल्म ‘बाबरी’को ‘मायाका रंगहरू’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘बाबरी’को नयाँ गीत सार्वजनिक भएको छ। धिरज मगर र अदिति बुढाथोकीको प्रमुख भुमिका रहेको फिल्मको ‘मायाका रंगहरू’बोलको गीत बिहीबार सार्वजनिक भएको हो। गीतमा सनुप पाैडेल र रचना रिमालको स्वार रहेको छ भने शब्द रचना कालीप्रसाद बास्कोटा र सबिन एकतारेले गरेका छन्। त्यस्तै, संगीत पनि बास्कोटाको नै गरेका छन्। यस गीतको भिडियोमा प्रमुख भुमिकामा भने…

Read More

‘प्रेमगीत ३’ पाकिस्तानमा पनि प्रदर्शन हुने

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ पाकिस्तानमा पनि प्रदर्शन हुने भएको छ। नेपाल र भारतमा जस्तै पाकिस्तानमा पनि यो फिल्म असोज ७ गते नै प्रदर्शन हुने भएको हो। यो फिल्म पाकिस्तानमा वाली इन्टरप्राइजेजले उर्दू भाषामा फिल्म रिलिज गर्न लागेको हो । फिल्म उर्दूमा डबिङ भइकेको छ । पाकिस्तानको सेन्सर बोर्डले फिल्मको जाँच गरिसकेको छ । पाकिस्तान रिलिजको…

Read More

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

काठमाडाैँ। नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो । सो चलचित्रमा कोभिड महामारीमा नेपाली…

Read More

चलचित्र ‘सायरा’को औपचारिक घोषणा,आर्यनसँग सुफियाले अनस्क्रिन रोमान्स गर्दै

काठमाडाैँ। नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ । प्रेमकथामा आधारित यस चलचित्रको लेखन र प्रस्तुति रघु परियारको रहेको छ ।…

Read More

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा हुने

काठमाडाैँ। ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ । नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले नेपाल अमेरिका सम्बन्धको ७५औँ वार्षिकोत्सवका उपलक्ष्यमा फिल्म फेस्टिवलको आयोजना हुन लागेको पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म…

Read More

नेपालमा ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने

काठमाडाैँ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने भएको छ। असोज ७ गतेदेखि पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका थिए। अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका थिए। हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै…

Read More