Fri. Mar 29th, 2024

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’को टिकट बुकिङ खुला भएको छ। दर्शकहरूको माग थाम्न नसकेपछि निर्माण पक्षले फिल्म प्रदर्शन हुनुभन्दा एक साता अघि नै टिकट बुकिङ खुला गरेको हो।

यो फिल्म नेपाल भारत र पाकिस्तानमा एकै दिन रिलिज हुँदैछ। नेपालमा हिन्दी र नेपाली भाषामा नै रिलिज हुने फिल्म भारतमा हिन्दी भाषामा नै रिलिज हुँदैछ। त्यस्तै, पाकिस्तानमा यो फिल्म उर्दू भाषामा नै रिलिज हुने निश्चित भइसकेको छ।

नेपाल भारत र पाकिस्तानमा एकै पटक रिलिज हुने यो पहिलो फिल्म हो। त्यस्तैगरी, उर्दू भाषामा नै रिलिज हुने पहिलो नेपाली फिल्मको रेकर्ड पनि ‘प्रेमगीत-३’को नाममा दर्ता भएको छ।

नेपालमा मात्रै नभएर भारत र पाकिस्तानमा पनि यो फिल्मको क्रेज उस्तै रहेको छ। प्रमोशनका क्रममा भारतका करीब २ हजार हलमा यस फिल्मको ट्रेलर चलाइएको थियो भने प्रमोशनका क्रममा भारतका नामी कलाकार, संगीतकार र वितरकहरू नै लागेका थिए।

रिलिज अगावै विभिन्न रेकर्डमा नाम लेखाएको यस फिल्मले रिलिज हुनुभन्दा एक साता अगाडी नै बुकिङ खुला गर्ने रेकर्ड पनि राखेको छ। तर, स्मरणीय के छ भने फिल्म रेकर्ड राख्नका लागि मात्र नभइ दर्शकहरूको माग थाम्न नसकेर यति पहिले नै बुकिङ खुला गरेको हो।

असोज ७ गतेदेखि देशभर रिलिज हुने यस चलचित्र सबै दर्शकहरूले नजिकको हलमा गएर हेर्न सक्नेछन्।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। राजेश श्रेष्ठ र पुरुषाेत्तम प्रधानले छायांकन गरेकाे फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

 

Leave a Reply

%d bloggers like this: