Fri. Mar 29th, 2024

काठमाडाैँ। चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सन सेन्सरका लागि सिफारिस भएको छ । चलचित्र विकास बोर्डले सेन्सरका लागि आज सिफारिस गरेको हो ।

आवश्यक कागजात निर्माण पक्षले पेस गरेपछि बोर्डले प्रदर्शनका लागि जाँचपास गर्न ‘प्रेम गीत–३’लाई सेन्सरमा पठाएको हो । आवश्यक कागजात नपुगेको भन्दै यसअघि ‘प्रेम गीत–३’को हिन्दी भर्सन सेन्सर हुन सकेको थिएन ।

निर्माण पक्षले ‘प्रेम गीत–३’को हिन्दी भर्सन स्वारांकन मात्रै अलग भाषामा भएको भन्दै नेपाली चलचित्र सरहको सुविधा दिन माग गरेको थियो । तर, विदेशी भाषामा स्वरांकन भएको चलचित्रलाई नेपाली भाषामा मान्यता नदिने बोर्डले अडान लिएपछि निर्माण पक्षले विदेशी चलचित्रका लागि आवश्यक कागजात जुटाएर बोर्डमा पेस गरेको थियो ।

“विदेशी चलचित्र सरह हामीले आवश्यक मापदण्डभित्र रहेर कागजात पेस गरेपछि बोर्डले सेन्सरका लागि चलचित्र पठाएको छ,” विरतक गोविन्द शाहीले भने, “हामीले मागेको सुविधा केही पाएनौं । अब हामीले विदेशी चलचित्रले जस्तै १५ प्रतिशत विकास शुल्क तिर्नेछौं । भन्सार शुल्क तिरेर हामी बोर्ड गएका थियौँ ।”

सेन्सर भएपछि अब शुक्रबार नेपालीसँगै ‘प्रेम गीत–३’को हिन्दी भर्सनलाई पनि रिलिजको बाटो खुलेको छ । बाह्रखरीबाट साभार

Leave a Reply

%d bloggers like this: