Fri. Mar 29th, 2024

काठमाडाैँ। नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ ।

अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो ।

सो चलचित्रमा कोभिड महामारीमा नेपाली जनताले भोगेका समस्या, बाँच्नका लागि उनीहरुले गरेको सङ्घर्ष र कोभिडलाई जितेको भोगाइ देखाइएको निर्देशक÷निर्माता किशोर श्रेष्ठले बताए । चलचित्रमा संवादको प्रयोग नगरिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कोभिडजस्तो महामारीबीच मानव जातिले गरेको सङ्घर्ष र जीवन उत्थानशीलता नै यो चलचित्रको मुख्य सन्देश हो । यो चलचित्र यसअघि फ्रान्सको प्रसिद्ध ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कृत भइसकेको छ ।

Leave a Reply

%d bloggers like this: