Fri. Mar 29th, 2024

एजेन्सी । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले बलिउड स्टार शाहरूख खानको घरमा छापा मारेको छ । शाहरूखका छोरा आर्यन खान पक्राउ परेको १८ दिनपछि एनसिबी शाहरूखको घरमा छापा मार्न पुगेको हो ।

उनका छोरो क्रुज ड्रग्स केसमा पक्राउ परेका थिए । उनी अहिले पनि प्रहरी हिरासतमा नै रहेका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार बिहीबार एनसिबीको टोली शाहरूख निवास मन्नतमा पुगेको थियो । उक्त टोलीले छापा मारेर के भेट्टायो भन्ने पुष्टि भइ नसकेको बताइएको छ ।

अन्तरराष्ट्रिय समाचार संस्था एएनआइका अनुसार एनसिबीको टोलीले शाहरूख खानको घरमा करिब १ घण्टा छापामा मारेको थियो ।

शाहरूख खानले आज नै प्रहरी हिरासतमा रहेका उनका छोरा आर्यनसँग भेट गरेका थिए ।

Leave a Reply

%d bloggers like this: