Thu. May 2nd, 2024

फिल्म ‘छ माया छपक्कै’ दोश्रो हप्ता प्रवेश गरेको छ । व्यवसायिक रुपमा फिल्मले सफलता प्राप्त गरेको छ । फिल्मले हाल सम्मका बक्स अफिसका सम्पूर्ण रेकर्ड तोडेको छ । फिल्म माउथ पब्लिसिटी पश्चात फिल्मले अझ राम्रो ब्यापार गरेको तथा दोश्रो हप्ता सम्म पनि दर्शकको चाप उस्तै रहेको फिल्म वितरकले बताएका छन् । फिल्मको सफलतासंगै निर्माण टिमले बिशेष शोको आयोजना गरेको थियो ।
दिपेन्द्र के लामाको कथा तथा निर्देशन रहेको फिल्म यहि असोज २४बाट प्रदर्शनमा आएको हो । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् । फिल्म छायांकन हरी हुमागाईंको छ । फिल्मका लागि कलाकार केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायत छन् । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: