Fri. May 17th, 2024

कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सरौतो’ को ट्रेलर एक कार्यक्रम गर्दै सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’ सार्वजनिक गरेपछि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनसँगै कथासारलाई पनि खुलाइएको छ । सुमीले एक्सनमा प्रसस्तै मेहनत गरेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउछ । साथै दुइ लिड कलाकार सन्नी सिंह र भिलेनको रुपमा देखिएका लियो ट्यांकले पनि ट्रेलर हेरिरहेकाको ध्यान आफ्नो तर्फ खिच्न सफल देखिएका छन् । ट्रेलरमा पुराना कलाकारहरु युवराज लामा , विजय लामा , धिरेन शाक्यको उपस्थिति पनि बलियो देखिएको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: