Thu. Apr 18th, 2024

गत असोज २ गतेबाट देशभर प्रदर्शनमा अाएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ सफलता पूर्वक पाचाैँ हप्तामा प्रवेश गरेको छ । हिजो शुक्रबार नेपालि हलहरूमा उत्कृष्ट प्रदर्शनको लयलार्इ कायम राख्दै यो फिल्मले सफलताका पाँचाै हप्ताका खुड्किलो टेकेको हो ।
चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाललगायतका कलाकारहरुको अभिनय छ।
स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्।
 
पाँच हप्तामा प्रवेश गरेसँगै यो फिल्मले विभिन्न रेकर्डमा अाफ्नो नाम पनि लेखाएको छ । यस्ता छन् यो फिल्मका नाममा रहेका केही रेकर्डहरू :-
१. पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने पहिलो फिल्म
यो फिल्म प्रदर्शनको पहिलो दिन नै सबैभन्दा धेरै कमाइ गर्ने पहिलो फिल्म हो । यसले प्रदर्शनको दिननै १ करोड ४७ लाखको व्यापार गरेको थियो ।
२. सबैभन्दा धेरै शोहरू पाउने पहिलो फिल्म
यो फिल्मले नेपालि फिल्म हलहरूमा सबैभन्दा धेरै शो पाउने रेकर्ड पनि बनाएको छ । प्रदर्शनको दिन नै यो फिल्मले क्युएफएक्समा मात्रै ६४ वटा शो पाएको थियो ।
 
३. बिग मुभिजमा पनि रेकर्ड 
यो फिल्मको नाममा बिग मुभिजमा पनि रेकर्ड रहेको छ । बिग मुभिजमा अझैसम्म कुनै फिल्मले पनि १७ शो हाउसफुल प्रदर्शन गर्न सकेका छैनन् । तर, यो एकमात्र फिल्म हो जसले १७ शो बिग मुभिजमा हाउसफुल प्रदर्शन गर्न सफल रह्यो ।
४. दर्शकको साथै साथ 
यो फिल्म प्रदर्शनको दिन धेरै भएता पनि दर्शकको साथ भने सुरूवाती दिन जस्तै रहेको छ । प्रदर्शनको दिनबाट नै दर्शकको ध्यान खिच्न सफल यो फिल्म अहिले पनि निरन्तर दर्शकलार्इ हलमा बोलाउँदैछ ।
 
यि र इत्यादि रेकर्डका साथ यो फिल्म देशैभर अझै पनि व्यापक रूपमा प्रदर्शन भइरहेको छ ।
 

Leave a Reply

%d bloggers like this: