काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रव्युसनले विराजको ‘१२ गाउँ’ वितरण गर्ने

काठमाडौं / अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने चलचित्र ‘१२ गाउँ’को काठमाडौं उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस्ले र मोफसल वितरण अधिकार कुवेर सिने डिष्ट्रव्युसन प्रालीको लिएको छ । मंगलबार वितरक र अभिनेता तथा निर्माता भट्टले लिखित सम्झौतामा हस्ताक्षर गरेका हुन् । वैशाखको अन्तिमदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा अहिले कलाकार छनोट लगायतको प्रि-प्रोडक्सनको…

Read More

‘बलिदान’का कलाकार खोज्दै सन्तोष सेन

काठमाडौं / आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका हुन् । मुख्य नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए…

Read More

अनमोल र जसिताको ‘फर्की फर्की’ शिर्ष गीत सार्वजनिक

काठमाडौं / सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘फर्की फर्की’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक चलचित्रको शिर्ष गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरुको केमेष्ट्री गजब देखिएको छ । रोमन बज्राचार्यको शब्द रचना, कम्पोज तथा एरेञ्ज रहेको चलचित्रको सार्वजनिक गीतमा कम्पोजर बज्राचार्य र निखिता…

Read More

असोज ३ लाई रिलिज घोषणा गर्दै ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो । निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा…

Read More

अनमोलको ‘फर्की फर्की’को विदेशमा उच्च डिमाण्ड

काठमाडौं / अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक भएपछि चर्चामा छ । अहिले यो चलचित्रको विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार ट्रेलर रिलिजपछि विदेशमा चलचित्रको उच्च माग छ । यो चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्नेछन् भने दक्षिण कोरिया अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले…

Read More

‘डिग्री माइला’ले एक हप्तामा कमायो ५ करोड ५ लाख ग्रस

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ले एक हप्तामा ५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्यकामा दुई करोड ५० लाख र काठमाडौं बाहिर २ करोड ५५ लाख रुपैयाँ कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । यो चलचित्रले दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । दयाहाङ…

Read More

अनमोल र जसिताको ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक

काठमाडौं / अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले टाइम ट्राभलको कथा भन्छ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक ट्रेलरले म्याडी अर्थात् अनमोल केसीको क्यारेक्टरले हरेकपल्ट गल्ती…

Read More

दयाहाङ र मिरुनाको ‘मनसरा’ ट्रेलर रिलिज

काठमाडौं / उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ। सार्वजनिक ट्रेलरमा टिजरका अलावा केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र…

Read More

दुई दिनमा ‘डिग्री माइला’को कमाइ तीन करोड ६ लाख

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ले आक्रामक व्यापार गरेको छ । यो चलचित्रले दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको हो । पहिलो दिन शुक्रबार ९८ लाख र दोस्रो दिन शनिबार २ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोबिन्द शाहीले जानकारी दिए । चलचित्रको तेस्रो दिन आइतबार पनि हलमा उच्च…

Read More

भव्य प्रिमियर शोमा ‘डिग्री माइला’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौं / शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ले बिहीबार बिग मुभिजमा भएको प्रिमियरमा प्रशंसा बटुलेको छ । दयाहाङ राई तथा आँचल शर्माले पहिलोपटक सँगै काम गरेको चलचित्रले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ। भव्यरुपमा आयोजित चलचित्रको प्रिमियर हेर्न नेपाली चलचित्रकर्मी, कलाकार, पत्रकार तथा नेता…

Read More
Back To Top