
फ्राइडे रिलिज : आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै
काठमाडाैँ । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमामा…