Tue. Mar 19th, 2024

काठमाडौं । राजधानीमा बुधबारदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खेलको पहिलो हाफमा गोल गरे भने नवयुगले खेलको दोस्रो हाफमा एक गोल थपे । खेलको ३०औँ मिनेटमा अनन्तले नवीन लामाको पासमा हेडमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ५६औँ मिनेटमा नवयुगले गोल गरे । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि नेपालको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलमा गोल हुनसकेन र नेपालले लाओसविरुद्ध २–० को सहज जित हासिल ग¥यो । खेलमा नेपालका अनन्त तामाङ म्याच अफ द म्याच घोषित भए ।

प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । यही चैत १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् ।

उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफनो दोस्रो खेल यही चैत १४ गते भूटानसँग खेल्नेछ । त्यसअघि लाओस र भूटानले यही चैत ११ गते खेल्नेछन् ।

Leave a Reply

%d bloggers like this: