
रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो । अकस्मात बिरामी भएपछि उनलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उनको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ । उनि एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।…