अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीता नेपालमा
विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताका लागि नेपालबाट प्रतियोगितीहरु छनौट गरी पठाउँदै आएको ईप्लानेटले नेपालमै पहिलोपटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।