Fri. Apr 19th, 2024

नेदरल्याण्डसमा सम्पन्न ‘दोश्रो इनास फिल्म्स अवार्ड’ मा उत्कृष्ट चलचित्रको अवार्ड सुनिल रावलको ‘होस्टेल’ले पाएको छ। अवार्ड लिनको लागि निर्माता रावल आँफै पुगेका थिए। अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आयोजनामा आइतवार साँझ सो अवार्ड भएको थियो।  ‘काली’बाट निर्देशक शबिर श्रेष्ठ, ‘काली’ बाट नै नायिका रेखा थापा, ‘धन्दा’बाट नायक अर्पण थापा उत्कृष्ट अवार्ड हात परेका थिए। तर, यी तीनै जनाको उपस्थिती थिएन्। सुरज भुषाल निर्देशित ‘मौन’ले उत्कृष्ट जुरी अवार्ड पायो। ‘होस्टेल’, ‘काली’, ‘धन्दा’, ‘मौन’ र ‘साँघुरो’ नोमिनेशनमा थिए।
यो अवार्डमा सहभागिता जनाउनको लागी नेपाल बाट कलाकार निर शाह नायिका निशा अधिकारी सँगै उद्धव पौडेल, सुनिल रावल, राजेश घतानी, चलचित्र विकास बोर्डका प्रशासन अधिकृत अनुपम निरौला लगाएतका नेदरल्याण्डस् पुगेका थिए भने युरोपमा रहेका कलाकारहरु मनिष श्रेष्ठ, नरेन्द्र थापा, पार्वती अधिकारी, अजय शेखर प्रधान, ध्रुबदत्त, वर्षा खड्का, सुशील खड्का लगायतका कलाकारहरु पनि उक्त अवार्डमा सहभागी थिए। साथै, हलिउडमा निकै ठुलो योगदान दिदै आएका डा. म्याथेव र डा. मार्ता रोबिकोस्वाको पनि सो अवार्डमा उपस्थिती थियो।
 

%d bloggers like this: